+
+

डा. सन्दुक रुइत र उनका दुई छोरी डेंगुबाट संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते ११:१९

२३ भदौ, काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले औपचारिक जानकारी दिएको छैन ।

डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छन् । उनलाई भारत सरकारले समेत प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मान गरेको छ ।

कृषिमन्त्री चक्रपाणि खनाल पनि डेंगुबाट संक्रमित छन् ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नेपालमा अहिले फैलिँदै गएको छ । हालसम्म सरकारले डेंगुको कारण चार जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?