Comments Add Comment

बेलायतमा निर्वाचन प्रस्ताव दोस्रोपटक अस्वीकृत

२४ भदौ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव त्यहाँको हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ ।

युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए । तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले अस्वीकृत गरिदिएका छन् ।

बीबीसीका अनुसार, २९३ सांसद्ले मात्र जोन्सनको प्रस्तावमा समर्थन जनाएका छन् । निर्वाचन प्रस्ताव पारितका लागि दुई तिहाइ अर्थात ४३४ मत आवश्यक पर्नेमा १४१ कम मत जोन्सनले पाएका हुन् ।

विपक्षी मात्रै नभएर सत्तारूढ दलकै सांसदले नो-डिल ब्रेक्जिटसम्बन्धी विधेयक पारित हुन नदिएपछि जोन्सनले निर्वाचन गराउन चाहेका छन् । तर, सत्तारूढसँगै विपक्षी दलका केही सांसद् बेक्जिटका लागि बाध्य पार्न जोन्सनले निर्वाचनको कार्ड प्रयोग गर्न खोजेको भन्दै विरोध गरेका छन् ।

बेलायत युरोपियन युनियन (इयु) बाट बाहिरिने हालको समय सीमा अक्टोबर ३१ हो । सो अवधिमा बिना सम्झौता नै भए पनि बेलायत इयुबाट अलग हुनेसम्बन्धी कानून बनाउनका लागि ल्याइएको विधेयकको पक्षमा गएको हप्ता ३०१ तथा विपक्षमा ३२८ मत परेको थियो ।

जोन्सनको प्रस्तावमा बेलायतको संसद् अबको पाँच हप्ता निलम्बित हुनेछ । सम्झौताबाट फर्किएपछि बेलायतको संसदले युरोपेली युनियनमै रहने या बाहिरिनेसम्बन्धी कानून पारित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment