Comments Add Comment

नेपालको सान्त्वना जित, १६० रनले हार्‍यो यूएई

२४ भदौ, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईमाथि १६० रनको फराकिलो जित हात पारेको छ ।

नेपालले दिएको २८६ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३४.४ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । यूएईका लागि वि्रत्य अरविन्दले सर्वाधिक २८ रन बनाए ।

बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिदा, राशिद खान, पवन सर्राफ र सुर्य तामाङले समान २-२ विकेट लिए ।

यसअघि मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले ।

उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमार ६७ रनमा आउट भए ।

आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६/७ थियो ।

आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।

लगातार दुई खेल हारेसँगै समूह चरणबाट बाहिरिएको नेपालका लागि यो जित सान्त्वना मात्र रहृयो । आफ्नो पहिलो खेलमा श्रीलंकासँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment