
२४ भदौ, काठमाडौं । भक्तपुरमा एकजना पेस्तोलसहित पक्राउ परेका छन् ।
बाराको फेटा गाउँपालिका-२ घर भइ वडानम्बर ३ मा बस्ने ४१ वर्षीय शम्भुप्रसाद साह कानुलाई प्रहरीले सूर्यविनायक -९ भातेढिकुरबाट पक्राउ गरेको हो ।
सडकमा शंकास्पद रुपमा हिँडिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कानुलाई पक्राउ गरेको हो ।
उनको साथबाट गोली लोड गरिएको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप ५ राउण्ड गोली बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
पक्राउ परेका कानुलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्ध गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4