Comments Add Comment

इटलीमा रोनाल्डोको कमाई अरुको भन्दा तीन गुणा बढी

काठमाडौं । पोर्चुगिज फर्वाड क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् । युभेन्टसकै म्याथिज डी लिग्ट र रोमेलु लुकाकु शीर्ष तीनमा परेका छन् ।

रोनाल्डोले सिरी एका अन्य खेलाडीले भन्दा झण्डै तीन गुणा बढी कमाउनेछन् । ग्याजेटा डेलो स्पोट्र्समा प्रकाशित तथ्यांकअनुसार रोनाल्डोले बाषिर्क ३१ मिलियन युरो कमाउने गरेका छन् । दोस्रो स्थानमा रहेका डी लिग्टले ८ मिलियन कमाउने छन् भने ४ मिलियन बोनस पाउनेछन् ।

म्यानचेष्टर युनाइटेडबाट इन्टर मिलान गएका लुकाकुले बाषिर्क ७.५ मिलियन र बोनस १.५ मिलियन पाउण्ड पाउनेछन् । गोन्जालो हिगुइन चौथो स्थानमा झलेका छन्, जो गत वर्ष दोस्रो स्थानमा थिए ।

युभेन्टसका अर्का खेलाडी पाउलो डिबालाको कमाइ भने ७.३ मिलियन युरो रहेको समाचारमा उल्लेख छ ।

ग्याजेटा डेलो स्पोट्र्सका अनुसार युभेन्टसले खेलाडीहरुको तलबमा मात्र बाषिर्क २९४ मिलियन पाउण्ड खर्च गर्नेछ र सर्वाधिक कमाउने शीर्ष ८ मध्ये सात जना उसकै खेलाडी पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment