Comments Add Comment

चाइनिज ताइपेविरुद्ध नेपाल २-० गोलले अघि

२४ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणको चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले २-० गोलको अग्रता लिएको छ ।

ताइपे रंगशालामा जारी खेलमा नेपालले ६२औं मिनेटमा गोल गर्दै २-० गोलको अग्रता बनाएको हो । यो पटक पनि अञ्जन विष्टले नै गोल गरे । अञ्जनको उत्कृष्ट गोलमा नेपालले राम्रो खेलिरहेको छ ।

यसअघि पहिलो हाफसम्ममा नेपालले १-० गोलको अग्रता बनाएको थियो । नेपालका लागि अञ्जनले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment