Comments Add Comment

सुरुमै गोल गरेपछि आत्मविश्वास बढ्यो : प्रशिक्षक कालिन

२४ भदौ, काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले सोचेभन्दा राम्रो प्रदर्शन गरेको प्रशिक्षक योहान कालिनले बताएका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली खेलाडीको तारिफ गरे । ५  दिनअघि कुवेतविरुद्ध ७० को हार व्यहोरेको नेपालले मंगलबार उत्कृष्ट प्रदर्शन गरेको उनको भनाइ छ । हामीले सोचेको भन्दा राम्रो खेल्यौ । हामीले सुरुमै गोल गर्न सफल भयौ । त्यसले पनि आत्मविश्वास बढ्यो । पहिलो पटक जित हात पार्दा खुशी महशुस भइरहेको छ ।

नेपाललाई जिताउन अञ्जन विष्टले खेलको चौथो र ६२ औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटको दोस्रो चरणमा समूह बी मा नेपालसँगै अष्ट्रेलिया, चाइनिज ताइपे, कुवेत र जोर्डन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment