Comments Add Comment

म्यानमारका सामाजिक मन्त्रीसहितको १२ जनाको टोली बुटवलमा

२५ भदौ, बुटवल । नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबारे अध्ययन गर्न म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको छ ।

म्यानमारको चाइन स्टेटका सामाजिक मन्त्री पाउलुन हिन थाय सहित १२ जना सहभागी टोलीले बुधबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाको अध्ययन अवलोकन गरेको हो ।

मन्त्री पाउलुन हिन थायले आफुहरुले पनि यो कार्यक्रम म्यानमारमा लागु गर्न चाहेकोले आवश्यक कुरा नेपालबाट सिकेको प्रतिक्रिया दिए ।

सो टोलीलाई उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, चक्रपाणि शर्माले स्वागत गरे भने सामाजिक विकास संयोजक सीता थापा, महाशाखा प्रमुखहरूले विवरण प्रस्तुत गरेका थिए ।

नगरपालिकाको सामाजिक सुरक्षा कार्यक्रमहरुबाट प्रभावित भएर त्यसको अनुशरण गर्न र नेपालबाट सिक्नका लागि यहा आएको उपमहानगरपालिकाले जनाएको छ ।

सेवाग्राहीलाई वितरण गरिने सामाजिक सुरक्षा रकम, त्यो पाउने प्रणाली र सेवाग्राहीको सन्तुष्टि, पञ्जीकरणबारेमा जानकारी लिएको बुटवल उपमहानगरपालिकाका कार्यबाहक प्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् ।

टोलीले बुटवल–५ को वडा कार्यालयमा पुगेर त्यसको सेवाप्रवाहका बारेमा जानकारी लिएको वडा अध्यक्ष तेजप्रसाद विकले बताए ।

बुटवलमा ८ हजार ५ सयजनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment