+
+
Shares

निर्माण व्यवसायी अपहरणमा संग्लन ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १९:३२

२५ भदौ, पोखरा । पोखरा-६ लेकसाइड बस्ने एक निर्माण व्यवसायीलाई अपहरण गरेको आरोपमा जिल्ला प्रहरी कास्कीले मंगलबार ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ का ३४ वर्षीय रोहित सुनार, पोखरा ८ का ५० वर्षीय बासुदेव पोखरेल र पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा छन् ।

मंगलबार बिहान नयाँबजारमा रहेको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालयअघिबाट ती निर्माण व्यवसायी अपहरण गरेको प्रहरीले जनाएको छ ।

‘ती निर्माण व्यवसायीलाई सेवा केन्द्रको कार्यालयअघिबाट जबरजस्ती गाडीमा हालेर पछिबाट मोटर साइकलबाट स्कर्टिङ गरेर लगिएको सूचना पायौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले भने, ‘सूचना पाउने बित्तिकै खटिएको हाम्रो टोलीले निर्माण व्यवसायीलाई उद्धार गरी घटनामा संलग्नलाई नियन्त्रणमा लियो ।’

ती निर्माण व्यवसायीलाई पोखरा ९ मा रहेको निर्माण व्यवसायी समितिको क्षेत्रभित्रैबाट उद्धार गरिएको केसीले जानकारी दिए । उद्धार  गरिएका निर्माण व्यवसायीकाे नाम भने प्रहरीले खुलाएको छैन ।

अपहरणमा गर्ने प्रयोग गररिएका सवारी साधनसहित अपहरणमा संलग्नलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?