Comments Add Comment

नेकपा सांसदको प्रस्ताव : विदेशी बुहारीलाई वैवाहिक परिचय पत्र दिऔं

२६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले विदेशी बुहारीलाई नागरिकताको साटो परिचय पत्र दिने प्रस्ताव गरेका छन् । ५, ७ वा १० वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने उनीहरुले बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नागरिकता विधेयकमा भएको छलफलमा नेकपा सांसदहरु जनार्दन शर्मालगायतले आर्थिक, सामाजिक, शैक्षिक अधिकार उपभोग गर्न पाउने गरी सुरुमा वैवाहिक परिचयपत्र दिनुपर्ने प्रस्ताव राखेका हुन् । नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले भने यसबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

नागरिकता विधेयकमा सबैभन्दा पेचिलो विवाद वैवाहिक अंगीकृतमा नै छ । सरकारले अहिले जस्तै तत्काल नागरिकता पाउने व्यवस्था प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment