Comments Add Comment

उज्वेकिस्तानविरुद्ध नेपाल १–० ले पछि

२६ भदौ, काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबलको फाइनल खेलमा नेपाल पहिलो हाफसम्म १–० गोलअन्तरले पछि गरेको छ ।

किर्गिस्तानको सेन्ट्रल रंगशालामा जारी खेलको पहिलो हाफसम्म नेपाल १–० गोलले पछि परेको हो । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको हो ।

आजको खेलमा उज्वेकिस्तानलाई पराजित गर्न सके नेपालले इतिहास रच्ने छ । महिला फुटबल टिमले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

यसअघि लिग चरणमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो ।

नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा ताजिकिस्तानलाई १–० गोलले पराजित गर्दै फाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment