Comments Add Comment

उदयपुर र सिराहाबीचको सीमा विवाद अन्त्य गर्न सांसदको माग

२६ भदौ, विराटनगर । प्रदेश–१ का सांसद नायार गुर्जा मगरले उदयपुर र सिराहाको सीमावर्ती क्षेत्रमा कायम सीमा विवाद समाधान गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।

प्रदेशसभाको बिहीबार बसेको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद मगरले प्रदेश–१ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ र प्रदेश २ को सिराहाको लहान नगरपालिका १६ रहेको सीमा विवाद अन्त्यका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेश संसाद मगरले यी दुई स्थानीय निकायका सर्वसाधारण दुवै प्रदेश र दुवै जिल्लाका वासिन्दा बनेको बताए् ।

प्रदेश सांसद मगरले २०७२ सालमा जारी संविधानले नेपालको नयाँ पुर्नसंरचना गरेकोले त्यो भन्दा अगाडि सिराहा र उदयपुर सगरमाथा अञ्चलमै रहेका थिए । तर, अहिले प्रदेश १ मा उदयपुर र प्रदेश २ मा सिराहा पर्दछ । त्यहाँ लामो समयदेखि सीमा विवाद कायम छ । त्यसैगरी सत्तापक्षकै सांसद उमिता विकले सामुदायिक विद्यालयमा प्राविधिक विषयका लागि लगानी गर्न सरकारसँग माग राखिन् ।

प्रदेश सभाको बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले समितिको प्रतिवेदनसहित सार्वजनिक निजी साझेदारी लगानीका सम्बन्धमा बनेको विधेयक २०७६ सभामा पेश गरेका थिए ।

१ नम्वर प्रदेशसभाको बैठकले प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । प्रदेशसभाको बसेको बैठकले विधेयक सर्वसम्त पारित गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सभामा विधेयक पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment