Comments Add Comment

यू–१९ एसिया कपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

२६ भदौ, काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबार हुने भनिएको दुबै सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएपछि समूह ‘ए’ को विजेता भारत र समूह ‘बी’ को विजेता बंगलादेशबीच फाइनलमा प्रतिस्पर्धा हुने भएको हो ।

आईसीसीको नियम अनुसार कारण बस खेल रद्द भएमा सेमिफाइनलबाट फाइनलमा उसको समूह चरणको प्रदर्शनको नतिजालाई हेरिन्छ । त्यसकारण भारत र बंगलादेश फाइनलमा प्रवेश गरेका हुन् ।

आज हुने भनिएको सेमिफाइनलमा भारतले आयोजक राष्ट्र श्रीलंकासँग प्रतिस्पर्धा गर्ने थियो । त्यस्तै अर्को सेमिफाइनलमा बंगलादेशले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने थियो । तर सेमिफाइनलका खेल सुरु अघि नै भारी वर्षाको कारण खेल भएन ।

समूह ‘ए’ बाट भारत विजेता र अफगानिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा समूह ‘बी’ बंगलादेश विजेता र श्रीलंका उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

समूह ‘ए’ मा भारतले शतप्रतिशत जित हात पार्दै ९ अंक बनाएको थियो । यता, समूह ‘बी’ मा पनि बंगलादेशले शतप्रतिशत जित हात पार्दै ९ अंक नै बनाएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलमा प्रवेश गरेर पनि खेल्न नपाई बाहिरिएको अफगानिस्तान र आयोजक राष्ट्र श्रीलंका भने अभागि टिम बनेका छन् । अब फाइनल खेल शनिबार हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment