+

रोनाल्डोको डिनर निम्तो स्वीकार गर्छु : मेस्सी

२०७६ भदौ  २६ गते १५:२२ २०७६ भदौ २६ गते १५:२२
रोनाल्डोको डिनर निम्तो स्वीकार गर्छु : मेस्सी

काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सीले एक दशकसम्म चिरप्रतिद्वन्द्वी रहेका क्रिष्टियानो रोनाल्डाको डिनर निम्तो स्वीकार गर्ने बताएका छन् । यद्यपि आफूहरु अहिले पनि घनिष्ट मित्र भने नभएको बताए ।

हालै यूईएफए अवार्डका क्रममा दुई फुटबलरलाई उनीहरुको सम्बन्धबारे सोधिएको थियो । त्यसक्रममा दुबैले आफूहरुबीच कुनै समस्या नभएको बताए । साथै रोनाल्डोले अहिलेसम्म दुई जना सँगै बसेर डिनर नखाएको खुलासा गरे ।

स्पोर्टससँग कुरा गर्दै मेस्सीले रोनाल्डोको डिनर निम्तो स्वीकार गर्ने बताएका छन् । ‘यसका लागि मलाई कुनै समस्या छैन’ उनले भने, ‘मैले सधैं भन्दै आएको छु कि उनीसँग मेरो कुनै समस्या छैन । ड्रेसिङ रुम शेयर नगरेका कारण साथी छैनौं, तर उनलाई अवार्ड समारोहमा भेटिरहन्छु र कुनै समस्या छैन ।’

दुबैको आफ्नो जीजन र प्रतिवद्धता रहेकाले एकसाथ डिनर खाने योजना नभएको भन्दै बार्सिलोनाका स्टारले भनेका छन्, ‘यदि निम्तो आउँछ भने मे स्वीकार गर्छु ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय