Comments Add Comment

नेयमार बार्सिलोना फर्किए खुसी हुन्छु : मेस्सी

काठमाडौं । क्याटलान क्लब नेयरमालाई फेरि बार्सिलोना फर्काउन असफल रहृयो । तर, अर्जेन्टिनी स्टार लिओनल मेस्सीले भनेका छन् कि उनी नेयमार नु क्याम्प फर्कियोस् भन्न चाहन्छन् ।

मेस्सी र नेयमारले चार सिजन एकसाथ बिताए । त्यसपछि नेयमार फ्रान्सतिर लागे ।

हालै बार्सिलोनाले नेयमारलाई पेरिस सेन्ट जर्मेनबाट फिर्ता ल्याउन सक्दो प्रयास गरेपनि सफल भएन । ‘नेयमार आउँदा म खुसी हुन्छु’, मेस्सीले स्पोर्टससँग भनेका छन्, ‘साच्चै भन्नुपर्दा बार्सिलानाले सम्भव भएसम्म सबै प्रयास गर्‍यो कि गरेन थाहा छैन । तर पीएसजीसँग कुराकानी त्यति सजिलो छैन ।’

नेयमार विना पनि बार्सिलोनाको टिमले प्रतिस्पर्धा गर्ने सक्ने भन्दै उनले आफू निराश नभएको बताए । ‘खेलको एक स्तरमा उनी विश्वका उत्कृष्ट हुन् । उनी हुँदा क्लबको छवि र प्रयोजन पनि अगाडि जानसक्छ’ मेस्सीले भनेका छन् ।

उसो त मेस्सीले नेयमारलाई अनुबन्ध गर्न क्लबलाई दबाब दिएको खबरहरु पनि आएका थिए । उनले भने त्यसलाई अस्वीकार गरे । ‘हामीले नेयमारलाई अनुबन्ध गर्न भनेका छैनौं । मात्र विकल्प दिनुस् भनेका र्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment