Comments Add Comment

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

२७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न शुक्रबार दिउँसो काठमाडौंको बसन्तपुर पुगेकी छन् । दिउँसो ४ बजेतिर उनी बसन्तपुर पुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले स्वागत गरेका छन् ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

यो पनि पढ्नुहोस इन्द्रजात्रामा राष्ट्रपति आउनुपूर्व बसन्तपुरबाट २४८ थान कालो टिसर्ट बरामद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment