Comments Add Comment

हजार्डको डेब्यू खेलमा रियल मड्रिड विजयी

काठमाडौं । करिम बेन्जिमाको दुई गोलसँगै रियल मड्रिडले ला लिगामा लेभान्टेलाई हराएको छ । शनिबार भएको खेलमा रियलले लेभान्टेमाथि ३-२ गोल अन्तरको जित निकालेको हो ।

सान्टिएगो बेर्नाबाउमा भएको खेलमा इडन हजार्डले डेब्यू गरेका थिए । यो सिजन चेल्सीबाट रियल मड्रिड गएका उनले चोटका कारण सुरुका केही खेल गुमाएका थिए ।

खेलको २५ औं मिनेटमा बेन्जिमाले घरेलु टोलीको खाता खोले । उनले ६ मिनेटपछि नै दोस्रो गोल गरे । ४० औं मिनेटमा कासिमेरोले गोल गरेपछि रियल मड्रिड पहिलो हाफमा ३-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा भने लेभान्टेले सुधारिएको प्रदर्शन गर्‍यो । ४९ औं मिनेटमा मायोरलले गोल गरे भने ७५ औं मिनेटमा मेरेलोले गोल गर्दै खेललाई ३-२ मा पुर्‍याए ।

इन्जुरी टाइममा लेभान्टेले झण्डै बराबरी गोल गरेको थियो तर रोबिन बेजोको हेडर मडि्रडका गोलकिपरले मुस्किलले बचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment