+

भारतले जित्यो यू-१९ एसिया कपको उपाधि

२०७६ भदौ  २८ गते १७:३० २०७६ भदौ २८ गते १७:३०
भारतले जित्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौं । बंगलादेशमाथि ५ रनको रोमाञ्चक जितसँगै भारतले यू-१९ एसिया कपको उपाधि रक्षा गरेको छ ।

श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उपाधि जित्न बंगलादेशले १०७ रनको लक्ष्य पाएको थियो । तर ३३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका अकबर अरीले सर्वाधिक २३ रन बनाए ।

१६ रन बनाउँदा ४ विकेट गुमाएको बंगलादेशको पारी अलीले सम्हाल्ने प्रयास गरे । मृत्युन्जय चौधरीले २१ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका अर्थर एक्लैले ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो । मात्र ८ रन जोड्दा ३ विकेट गुमाएको उसका लागि करण लालले ३७ र डीसी जुरेलले ३३ रन बनाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय