Comments Add Comment

राखेपसँग हार्दिकतापूर्ण सम्बन्धः श्रेेष्ठ

२८ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग हार्दिकतापूर्ण सम्बन्ध रहने बताएका छन् ।

ओलम्पिक कमिटीले चुनावका लागि अनुमति नलिएकोमा राखेप नेतृत्व असन्तुष्ट छ । र, सदस्य सचिव रमेश सिलवालले स्पष्टीकरण सोध्ने बताएका छन् ।

राखेपको असन्तुष्टिका बावजुद शनिबार चुनाव भयो । ओलम्पिक कमिटीको चुनावी साधारणसभाको उद्घाटन नै राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरे भने राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सना स्वयंम ओलम्पिक कमिटीको सचिव पदमा सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राखेपसँगको सम्बन्धमा चिसोपन नआएको दाबी गरे । उनले भने, ‘राखेपसँग हार्दिकतापूर्ण सम्बन्ध र समन्वय छ । चिसोपन आएको छैन ।’

साथै यो चुनावसँगै ओलम्पिक कमिटीको विवाद सकिएको उनको दाबी छ । राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीसँग भएको सहमतिअनुसार विधान संशोधन भइरहेको भन्दै उनले भने, ‘हाम्रो समझदारी भनेको यो निर्वाचनसँगै एक मात्र ओलम्पिक रहने र त्यसमार्फत कामहरु अगाडि बढाउने भन्ने हो । मलाई विश्वास छ उहाँ आज पनि त्यो सहमतिमा हुनुहुन्छ ।’

कमल चित्रकार ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको सस्थागत रुपमा अदालतमा नगएको समेत उनले बताए ।

उनकै मुद्दामासर्वोच्चले अन्तरिम आदेश दिएर चुनाव रोकिएको थियो । तर अन्तरिम आदेशले निरन्तरता नपाएपछि शनिबार चुनाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment