Comments Add Comment

सन्दीपले लिए विकेट तर हार्‍यो टिम

३० भदौ, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोरेको छ ।

किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोसले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जमाइकाले १८.३ ओभरमा ६ विकेटको क्षतिमा भेटायो ।

जमाइकाका लागि चडविक वाल्टनले अविजित ५१ रन बनाए । बलिङतर्फ सन्दीपले ४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित ३५ रन खर्चिएर एक विकेट लिए ।

त्यस्तै, जासन होल्डर र हयडेन वालशले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको थियो । बार्बाडोसको लागि अश्लेय नर्सले ३७ रन बनाउँदा जेपी डुमिनीले ३१ रन बनाए । त्यस्तै, सन्दीप लामिछानेले भने अविजित १० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment