Comments Add Comment

अम्बा : स्वादिलो र पोषिलो फल

मौसम अनुसारका सबै फलफुलको आफ्नै स्वाद र विशेषता हुन्छ । फलफुल सेवनले हाम्रो शरीरमा विभिन्न किसिमका भिटामिन प्रदान गर्छ । फलफुलहरुमा अम्बाको कुरा गर्नु पर्दा अम्बामा भएको चिसोपना हुने भएकोले यसको सेवन गर्दा हामीलाई शितलता महसुस हुन्छ । पेट सम्बन्धि रोगहरुका लागि अम्बाको सेवन अति उपयोगी हुन्छ । अम्बा भिटामिन सीले परिपुर्ण हुन्छ । यसले मेटापोलिज्मलाई राम्रो बनाउने भएकोले शरीरमा कोलेस्ट्रोलको स्तरनियन्त्रित हुन्छ ।

त्यसमा समावेश भएको लाइकोपीन नामक फाइटो न्यूट्रीएन्टले क्यान्सर र ट्यूमरको खतराबाट पनि बचाउँछ । त्यसमा पाइने भीटा केरोटीनले छाला सम्बन्धि समस्याहरुलाई हटाउँछ । अम्बामा पर्याप्त मात्रामा फाइबर हुन्छ, जुन डायबिटीजको रोगीका लागि फाइदाजनक हुन्छ ।

थाइराइड कम गर्नका लागि पनि चिकित्सकले अम्बाको सेवन गर्न सल्लाह दिन्छन् । अम्बामा समावेश भएको पोटासियम र म्याग्नेसियम मांसपेशीहरु र मुटुलाई बलियो बनाउन र यिनीहरुसंग सम्बन्धित धेरै रोगहरुबाट बचाउन पनि सहयोग पुर्‍याउँछ । अम्बाको सेेवनबाट स्वास्थलाई के-कस्तो फाइदा हुन्छ भन्ने बारेमा केही जानकारीहरु :

-यदि तपाईंलाई कब्जियतको समस्या छ भने बिहान खाली पेटमा पाकेको अम्बा सेवन गर्नाले कब्जियतको समस्या कम हुन्छ ।

-आँखा सुन्निएको छ भने अथवा आंँखाको तल कालो दाग छ भने अम्बाको पात पिँधेर  लगाउनाले आँंखाको कालोपना कम हुन्छ ।

– झाडापखाला लागेको छ भने अम्बाको पातको रस निकालेर त्यसको केही थोपा एक कप मन तातो पानीमा मिलाएर खानाले झाडापखाला निको हुन्छ ।

-सास गन्हाउने समस्या छ भने अम्बाको कमलो पात चपाउनाले सास  गन्हाउन कम हुनुका साथै दाँतको दुखाइमा पनि राहत प्रदान गर्छ ।

– यदि बाल-बालिकाको पेटमा किराहरु पर्ने समस्या छ भने पनि अम्बाको सेवनले तुरुन्त फाइदा पुर्‍याउँछ ।

-अम्बालाई बिरे नूनसंग खाँदा पाचन सम्बन्धि समस्या हट्छ । अम्बालाई पाचन क्रियाको लागि उपयुक्त फल मानिन्छ ।

-एक लीटर पानीमा १०-१५ वटा अम्बाको पात हालेर १५ मिनेटसम्म उमाल्नुहोस् । चिसो भएपछि त्यसलाई छानेर कपालको जरामा लगाउनाले कपाल र्झन रोकिन्छ । यसबाहेक यसको नियमित प्रयोगले कपाल सुन्दर, बलियो र चम्किलो हुन्छ ।

– महीनावारीको क्रममा पेट दुख्ने समस्या भएकाहरुका लागि पनि अम्बा फाइदाजनक छ । यस्तो समस्या भएका महिलाहरुले दिनहुँ ६ मिलीग्राम अम्बाको रस सेवन गर्नाले पीडा कम हुन्छ । यसबाहेक अम्बाको पातको रस पिउनाले पनि महिनावारीमा हुने अन्य समस्याहरुबाट पनि राहत प्राप्त हुन्छ ।

-एउटा अध्ययनका अनुसार डिप्रेसनको समयमा अम्बाको सेवन उपयोगी हुन्छ । अम्बामा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ, जसले तनाव र चिन्ता कम गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।

-बान्ता हुने समस्यामा पनि अम्बाको पात फाइदाजनक हुन्छ ।

-प्राकृतिक सुन्दरता पाउनको लागि पनि अम्बाको सेवन उपयुक्त हुन्छ । यदि तपाईं नियमित रुपमा अम्बाको सेवन गर्नु हुन्छ भने तपाईंको छाला सुन्दर, चम्किलो र आकर्षक हुन्छ ।

अहिले डेंगुको माहामारीले सबै आतंकित भएका छन् । यस्तो स्थितिमा अम्बाको पातको प्रयोग लाभदायक हुन्छ । पाँच कप पानीमा अम्बाको दश वटा पात हालेर पानी तीन कप हुने समयसम्म पकाउनुहोस् । त्यसलाई चिसो बनाएर डेंगु भएका व्यक्तिलाई दिनमा तीन पटक एक-एक कप गरि पिउन दिनुहोस् ।

-एउटा अध्ययनका अनुसार अम्बाको पातको चिया बनाएर नियमित रुपले तीन महिन्ाासम्म पिउनाले शरीरमा समावेश भएको कोलेस्ट्रोल कम हुन्छ साथै ट्राइग्लिसराइड पनि कम हुन्छ ।

-यदि तपाईंलाई पित्तको समस्या छ भने अम्बाको सेवन लाभदायक हुन्छ ।

– मुखमा छाला निस्केकेा छ भने अम्बाको पात चपाउनाले आराम प्राप्त हुन्छ ।

-यदि तपाईं नियमित रुपले अम्बाको सेवन गर्नु हुन्छ भने तपाईंको ब्लड प्रेसर सन्तुलनमा रहन्छ । अनुहारमा चाउरीपना आउन र अनुहार सम्बन्धि अन्य समस्याहरुबाट पनि बचाउँछ ।

दिनहुँ अम्बा खानाले रुघा-खोकी जस्ता मौसमी रोगहरु समेत कम हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment