+

अक्टोबरमा क्रिकेट संघको निलम्बन फुकुवा हुन्छ : सदस्यसचिव

२०७६ भदौ  ३० गते १७:४० २०७६ भदौ ३० गते १७:४०
अक्टोबरमा क्रिकेट संघको निलम्बन फुकुवा हुन्छ : सदस्यसचिव

३० भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) विशेष साधारणसभाबारे सहमति जुटेसँगै निलम्बन फुकुवा निश्चित भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले बताएका छन् ।

अक्टोबरमा बस्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने उनको दाबी छ ।

स्वतन्त्र टोलीले बोलाएको विशेष साधारणसभा रोक्न राखेपले निर्देशन दिएपछि आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख काठमाडौं आएका थिए । आईसीसी प्रतिनिधि र राखेपका सदस्यसचिव सिलवालबीच सोमबार भएको छलफलमा अधिवेशन असोज १० र ११ गते सहमति भएको छ ।

आफूले आईसीसीका प्रतिनिधिसँग निलम्बन फुकुवा लगायतका विषयमा पनि कुराकानी गरेको सिलवालले बताए । उनले भने, ‘क्यान निलम्बनको फुकुवाबारे छलफल भएको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । म आशावादी छु यहिबाट क्यानको फुकुवा हुनेछ र नेपाली क्रिकेटले निकास पाउनेछ ।’

नेपाली क्रिकेटको ग्रास रुटदेखि विकास गर्न आईसीसीसँग छलफल गरेको पनि राखेप सदस्य सचिव सिलवालले बताए । अब नेपाली क्रिकेटमा विवाद नरहेको भन्दै उनले क्यानमा जो आएपनि राम्रो हुने बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय