Comments Add Comment

प्रतिष्ठालाई मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपालको उपाधि

३० भदौ,काठमाडौं । बौद्धस्थित हायात रिजेन्सी होटलमा संचालन भएको मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा प्रतिष्ठा साखःले मुख्य उपाधिको ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन् ।

प्रतियोगितामा आश्रा श्रेष्ठले ट्यालेन्ट अवार्ड सहित मिस टुरिजम क्वीन इन्टरनेसनल नेपाल २०१९ को तजा पहिरिन् ।

यसैगरी प्रतियोगितामा अनिला लामाले मिस ग्लोबल ब्युटी क्वीन इन्टरनेसनल नेपाल २०१९ को उपाधिमा आफ्नो नाम दर्ता गरिन् ।

तीनै जना ताजधारी सुन्दरीहरुले आ आफ्नो प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटे्रनर्स, जिईईको आयोजनामा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए भने प्रतिस्पर्धीहरुको ग्रुमिङ र प्रशिक्षण रोजिन शाक्यले गरेका थिए ।

प्रतियोगितामा सन्दिपा विष्टले वेष्ट फिगर तथा वेष्ट इन गाउनको उपाधि जितेका थिए भने राजश्री केसी पपुलर तथा फोटोजेनिक विधामा विजेता चयन भइन् ।

प्रतियोगितामा आरजु जोशी प|mेन्डशीप र श्रीजिता देउजा पर्सनालिटी विधाका हकदार छनौट भएका थिए । सो प्रतियोगिताका सहभागिहरु आईसी स्ूकूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिज्ााइनरहरुले तयार पारेका पहिरनमा सजिएर प्रतिस्पर्धाको मैदानमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment