Comments Add Comment

अब धोनी क्रिकेट मैदानमा देखिने छैनन् ?

३० भदौ, काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको सन्यासबारे अलगअलग आंकलन गर्न थालएको छ । तर धोनी र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) यो विषयमा चुपचाप छन् ।

दक्षिण अफ्रिकाविरुद्ध सुरु भएको टी–२० क्रिकेट सिरिजमा पनि ३८ वर्षीय पूर्वकप्तान धोनी टिममा छैनन् । योभन्दा अघि वेष्ट इन्डिजविरुद्धको टुरमा पनि धोनी भारतीय टिममा थिएनन् ।

कप्तान कोहलीले बनायो रहस्यमय ?

विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डसँग भारतले व्यहोरेको नमिठो हार अब पूरानो भइसक्यो । त्यसपछि भारतले वेष्ट इन्डिजसँग टी–२०, एकदिवसीय र टेष्ट सिरिजमा जित हात पारिसकेको छ ।

तर एकपछि अर्को सिरिजमा धोनी भारतीय टिममा नपरेपछि क्रिकेट प्रेमीहरुले विभिन्न आंकलन गर्न थालिसकेका छन् । त्यहीबेला कप्तान विराट कोहलीले एउटा तस्वीर पोष्ट गरे, जसले हंगामा नै गर्‍यो। विराट कोहलीले फोटो शेयर गर्दै लेखेका थिए, ‘म यो खेल कहिल्यै पनि भूल्न सक्दिन । त्यो विशेष रात थियो । यो मान्छे (धोनी) ले मलाई फिट्नेस टेष्टको तरिकाले कुदाएका थिए ।’

त्यो तस्वीर सन् २०१६ मा टी–२० विश्वकपमा अष्ट्रेलियाविरुद्ध भारतको शानदार जित हात पर्दाको थियो । कोहलीले ट्वीट भाइरल धयो र धेरैले आँकलन गरे कि अब धोनीले सन्यास लिन सक्छन् ।

तर क्रिकेट विश्लेषक आयज मेमनको विचारमा धोनीले खेल्ने विषयमा कुनै रहस्यमयी बनाउनु हुँदैन । ‘धोनीले आगामी दिनमा खेल्छ या खेल्दैन यसको फैसला उ आफले लिने हो । जब उनी यो फैसला लिन्छन् तब आफै सबैको अगाडि आएर जानकारी दिन्छन्,’  उनले भनेका छन् ।

धोनीको स्थानमा को ?

भारतीय टिममा सबै भन्दा अनुभवि खेलाडी हुन् धोनी । उनले भारतलाई विश्व च्याम्पियन बनाइसकेको अनुभव छ ।

धोनीले खेल्न नचाहेका हुन् या छनोटकर्ताले धोनीलाई टिममा नराखेका हुन् ? यो विषयमा विश्लेषक आयज मेमन भन्छन्, ‘धोनीले कहिलेसम्म खेल्छ ? यो कुरा धोनी र छनोटकर्ताले तय गर्नुपर्छ । यदि छनोटकर्तालाई अब धोनीले टिममा स्थान बनाउन सक्दैन भन्ने लाग्छ भने उनीसँग कुरा गर्नुपर्छ । योसँगै छनोटकर्ताले यो पनि देखाउनु पर्छ कि धोनीको स्थान कसले लिनसक्छ ।’

धोनीको स्थान कसले लिन्छ भन्ने प्श्न धेरै पहिलेदेखि उठ्दै आएको छ । वितेका केहि महिनादेखि यसको जवाफमा रिषव पन्त भन्ने आएको छ । धोनीले टेष्ट क्रिकेटबाट सन्यास लिएको निकै भइसकेको छ । यसकारण धोनीको तुलना एकदिवसीय र टी–२० क्रिकेटमा हुनसक्छ ।

विश्वकप क्रिकेटमा धोनी र पन्तसँगसँगै खेलेका थिए । वेष्ट इन्डिजविरुद्धको सिरिजमा धोनीको स्थान लिएका पन्त चल्न भने सकेनन् ।

यस्तो अवस्थामा अब धोनीको स्थान कसले लिन्छ भन्ने प्रश्न भारतीय क्रिकेट टिममा उठ्ने गरेको छ । धोनीको महत्व उनी टिममा नहुदा खड्किने गर्छ । यो विषयमा कप्तान विराट कोहलीले धेरै पटक जवाफ दिइसकेका छन् ।

कप्तान विराटले भनिसकेका छन् कि धोनी उसको टिममा सबैभन्दा अनुभवि खेलाडी हुन् र अनुभवको कुनै मोल हुँदैन ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment