+
+
Shares

बालबालिकालाई विद्यालय बाहिर रहन दिन्न : नगर प्रमुख सरावगी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते २०:०३

३० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कुनैपनि बालबालिकालाई विद्यालयको पहुँच बाहिर रहन नदिने बताएका छन् । शिक्षा पाउनु बालबालिकाको मौलिक अधिकार भएकोले महानगरपालिकाले त्यसलाई पूरा गर्ने उनको भनाइ छ ।

वीरगञ्ज–१ स्थित पण्डित रामदेनी तिवारी आधारभूत विद्यालयमा सोमबार पढाइ मेला आयोजना गरिएको थियो । सोही कार्यक्रममा नगर प्रमुख सरावगीले आजका बालवालिका नै भबिष्यको कर्णाधार भएकोले सबै बालवालिका विद्यालयसम्म पुग्ने वातावरण बनाउन महानगरपालिकाले हर सम्भव प्रयास गरिरहेको बताए ।

कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले विद्यालयको भौतिक संरचना पुरानो भएकोले महानगरपालिकाले सहयोग गर्नु आवश्यक देखिएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?