Comments Add Comment

टी–२० क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्डको २५२ रन !

Photo Credit : आईसीसी

३१ भदौ, काठमाडौं । स्कटल्यान्डले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्यान्ड्सलाई सहज रूपमा पराजित गरेको छ ।

आयरल्यान्डको डब्लिनस्थित द भिलेजमा भएको खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ५८ रनले पराजित गरेको हो । २५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९४ रन मात्रै बनाउन सक्यो ।

नेदरल्यान्ड्सका लागि कप्तान पिटर सिलरले अविजित ९६ रन बनाए पनि जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २५२ रन बनायो । यो स्कटल्यान्डको टी–२० क्रिकेटमा सर्वाधिक उच्च स्कोर हो ।

उच्च स्कोर बनाउन स्कटल्यान्डको लागि जर्ज मुनसेले करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले ५६ बलमा १४ छक्का र पाँच चौका प्रहार गर्दै १२७ रनमा अविजित रहे । त्यस्तै, स्कटल्यान्डका लागि कप्तान काइल कोएट्जरले ५० बलमा ८९ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment