Comments Add Comment

सहारा क्लब पोखराको अध्यक्षमा फेरि थापा

३१ भदौ, पोखरा । पोखराको प्रतिष्ठित सहारा क्लबको अध्यक्षमा फेरि पनि केशवबहादुर थापा निर्वाचित भएका छन् । २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले फेरि थापाको नेतृत्वमा नयाँ १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनील रानामगर, कोषाध्यक्षमा राजु लालचन, सहकोषाध्यक्षमा विनु रानामगर छन्। यसअघि बराल उपाध्यक्ष, अधिकारी सचिव र विनु सदस्य थिए ।

सदस्यहरुमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी,  गंगाराज पौडेल र बिष्णु कार्की चयन भएका छन् । सुनील राना मगर र बिष्णु कार्की कार्यसमितिमा नयाँ अनुहार हुन् ।
यो क्लबले आहा रारा गोल्डकप प्रतियोगिता नियमित रुपमा गर्दै आइरहेको छ । त्यस्तै फुटबल एकेडेमी र सामाजिक काम पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment