+
+
Shares

भरतपुर विमानस्थलले पायो आफ्नै दमकल

सञ्चालन गर्न कर्मचारीलाई तालिम दिइँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १७:०७

३१, भदौ, चितवन । चितवनको भरतपुर विमानस्थलमा दमकल आइपुगेको छ । विमानस्थलका प्रमख पवन गौतमले दिएको जानकारी अनुसार विमानस्थलमा २९ सय लिटर पानी, ५ सय लिटर फोम र २५० केजी सुख्खा केमिकल अट्ने दमकल आएको हो ।

करिब ३ करोड रुपैयाँको लागतमा दमकल ल्याएपछि जनशक्ति व्यवस्थापन र तयारीका लागि तालिम दिन थालिएको छ । विभिन्न क्षेत्रका गरी २५ जनालाई ४ दिनसम्म दमकल प्रयोग र सुरक्षाका बारेमा तालिम दिन थालिएको प्रमुख गौतमले अनलाइनखबरसँग बताए ।

दमकल सञ्चालनमा आउन भने अझै एक महिना लाग्छ । भरतपुरका लागि दमकल सञ्चालन गर्न ५ जना जनशक्ति आवश्यक पर्ने प्रमुख गौतमले बताए । विमानस्थलको सुरक्षालाई ध्यान राखी दमकल ल्याइएको हो । भरतपुरसँगै चन्द्रगढी, जनकपुर र धनगढीका लागि उति नै क्षमताका दमकल ल्याइएका छन् । विमानस्थल भन्दा बाहिर कतै आगलागी भए दमकल पठाउन नसकिने प्रमुख गौतमले जानकारी दिए ।

वायुसेवा सुरक्षा अझै बलियो बनाउँदै लैजाने नागरिक उडयन प्राधिकरणको योजना अनुसार दमकलहरू ल्याइएको विमानस्थल प्रमुख गौतमले बताए । अहिले ल्याइएका दमकलहरु अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) मापदण्डका हुन् । यसै बर्ष सानो अल्ट्रालाइट दमकल रारा, तुम्लिङटार, जुम्ला, जोमसोम र सिमिकोट विमानस्थलका पनि ल्याइएका छन् । तिनको क्षमता ५ सय लिटर पानी र ५० लिटर फोम रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक सिमरा, पोखरा, विराटनगर, नेपालगञ्ज, भैरहवा, सुर्खेत र लुक्ला विमानस्थलमा साना ठूला दमकल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?