Comments Add Comment

चितवनमा असोज २ देखि भेट्रन कप फुटबल

३१, भदौ, चितवन । चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण ‘चितवन भेट्रन कप’ फटबल प्रतियोगिता हुने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुने आयोजक चितवन भेट्रन फुटबल क्लबले जानकारी दिएको छ ।

क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा १६ वटा टोली सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ ।

त्यसैगरी म्यान अफ दि म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दि सिरिजलाई १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र टप स्कोररलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतियोगितामा चितवनबाट दुईवटा टिम, चितवन रातो र चितवन नीलो सहभागी हुनेछन् । भारतबाट दुई टिम आउँदैछन् ।

सहभागी क्लबहरुलाई ८–८ वटा गरी दुई टोली छन् । समूह ‘ए’ मा आयोजक चितवन भेट्रन (निलो) सहित मकवानपुर भेट्रन हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रन दार्जिलिङ (भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाइट किङ काठमाडौं र धरान भेट्रन क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेट्रन (रातो) सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेट्रन ११ बुटवल, बिबिसी भेट्रान्स बनेपा, झापा भेटन, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफसी भारत र कैलाली भेटन रहेको क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुबै दिन ४–४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वार्टरफाइनल प्रवेश गर्नेछ । क्वार्टरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमिफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा २ गते आयोजक चितवन भेट्रान्स (नीलो) र मकवानपुर भेट्रान्स हेटौंडा भिड्नेछन् । खेल बिहान ७ः३० बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment