+

डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग स्तब्ध

२०७६ असोज  १ गते ७:२० २०७६ असोज १ गते ७:२०
डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग स्तब्ध

१ असोज, काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलमा आफ्नो पहिलो खेलमा नै नापोलीसँग पराजित भएको छ ।

मंगलबार राति समूह ‘ई’ मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नापोलीको जितमा ड्रिइज मार्टिन्स र फेर्नान्डो लोरेन्टीले गोल गरे ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफको अन्तिम समयमा खराब प्रदर्शन गर्दै हार ब्यहोरेको हो । ८२ औ मिनेटमा नापोलीले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै मार्टिन्सले नापोलीलाई अग्रता दिलाए । त्यस्तै, खेलको अतिरिक्त समयमा लोरेन्टीले गोल गरेपछि लिभरपुलमाथि नापोलीले २–० गोलको जित निकालेको हो ।

त्यस्तै, समूह ‘ई’ कै अर्को खेलमा सलजबर्गले जिंकलाई ६–२ गोलअन्तरले पराजित गरेको छ ।

च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय