Comments Add Comment

तीन दिन घर–घरमा दीपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

१ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा तीन दिन घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो ।

बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन संविधान दिवस मूल समारोह समितिले २ गते सबै मन्त्रालय, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा एवं व्यानर फहराइनेछ । त्यही दिन प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुद कार्यक्रम आयोजना गर्ने छ ।

त्यस्तै असोज ३ गते बिहान ७ बजे धनगढीको ट्राफिक चौराहबाट रंगशालासम्म झाँकीसहित प्रभातफेरी गर्ने तथा असोज ४ गते सबै कार्यालय हाताभित्र वृक्षरोपण गर्ने र राजधानी गोदावरीमा पनि वृक्षरोपण गरिने मूल समारोह समितिले जनाएको छ ।

कार्यक्रमको सहजीकरणका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरिएको छ भने ४ वटा उपसमिति पनि गठन गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment