Comments Add Comment

पलेँटीमा तीन साहित्यकारका पुस्तक विमोचन हुने

१ असोज, काठमाडौं । यो महिनाको ‘पलेँटी शृङ्खला’ मा तीन जना साहित्यकारको कृति  विमोचन हुने  भएको  छ ।

असोजको १०, ११, र १२ (सेप्टेम्बर २७, २८ र २९ तारिख) गते आयोजना हुने सो सांगीतिक कार्यक्रमकै क्रममा साहित्यकारहरू तीर्थ श्रेष्ठको कविता संग्रह  ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको संस्मरण ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुने पब्लिकेसन नेपालयले जनाएको छ ।

शुक्रबार, शनिबार र आइतबारको यी पलेँटीमा क्रमशः तीर्थ श्रेष्ठ, कालीप्रसाद रिजाल र मञ्जुलले रचना गरेका संगीतवद्ध गीतहरू सुनाइने छन् ।  असोज १० गते शुक्रबार, कवि तीर्थ श्रेष्ठले सिर्जना गरेका गीत, कविता बारे चर्चा र उनीसँगको अन्तरसंवाद पनि प्रस्तुत हुनेछ । त्यसै दिन उनको नयाँ कृति ‘धर्सैधर्साको चक्रव्यूह’ सार्वजनिक हुनेछ ।

त्यसैगरि असोज ११ गते (२८ तारिख) शनिबार साहित्यकार कालीप्रसाद रिजालको नयाँ कृति ‘काँडामा हाँसेको जिन्दगी’  सार्वजनिक हुनेछ । रिजालसँग पनि उनको गीति लेखनको यात्रा र नव प्रकाशित पुस्तकका सन्दर्भसँग सम्बन्धित रहेर अन्तर संवाद पनि हुने पब्लिकेसन नेपालयले जनाएको छ ।

घटस्थापनाको साँझ हुने यस महिनाको अन्तिम पलेँटी शृङ्खलामा कवि तथा गीतकार मञ्जुल प्रस्तुत हुनेछन् । नेपालय पब्लिकेसन्सले ‘नेपालय क्यासिक’ शीर्षक अन्तरगत मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’लाई पुनः प्रकाशित गरेको छ । यो पुस्तकमा मञ्जुल र रामेशको चर्चित सांगीतिक जोडीले पूर्वी नेपालको सांगीतिक भ्रमण गर्दाको यात्रा विवरण समेटिएको छ ।

कवि मञ्जुलको पुनःप्रकाशित पुस्तक र व्यक्तित्वमाथि उनीसँग विगतमा नजिकबाट संगत गरेका राजनैतिक व्यक्तित्व रघु पन्तले मन्तव्य दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment