+

फर्नान्डोको ४३ वर्षको उमेरमा निधन

२०७६ असोज  १ गते १८:२५ २०७६ असोज १ गते १८:२५
फर्नान्डोको ४३ वर्षको उमेरमा निधन

१ असोज, काठमाडौं । नेदरल्यान्ड्सका फुटबलर फर्नान्डो रिक्सनको आज निधन भएको छ ।

इंग्लिस क्लब रेन्जर्सका पूर्वमिडफिल्डर समेत रहेका फर्नान्डोको ४३ वर्षको उमेरमा बुधबार विहान अस्पतालमा निधन भएको बीबीसीले उल्लेख गरेको छ ।

फर्नान्डो लामो समयदेखि मोटर न्युरोन नामक रोगबाट पीडित थिए । २००० देखि २००६ सम्म रेन्जर्सबाट खेलेका फर्नान्डोले सन् २०१० देखि २०१३ सम्म नेदरल्यान्ड्सकै फर्टुना सिटार्डबाट खेलेका थिए ।

फर्नान्डोले आफ्नो देश नेदरल्यान्ड्सबाट भने लामो समय खेल्न पाएनन् । उनले सन् २००० देखि २००३ सम्म तीनवर्षसम्म १२ खेल खेले ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय