Comments Add Comment

क्विन सिन्ड्रोम : कार्यथलोमा महिलामाथि महिलाको हेपाइ

मानौं तपाईं कुनै कार्यलमा काम गर्नुहुन्छ । पख्नुहोस् है, यो महिला सहकर्मीको कुरा हो । अँ त, तपाईं कुनै कार्यलयमा काम गर्नुहुन्छ, जहाँ तपाईंभन्दा कम तहमा काम गर्ने अरु महिला सहकर्मीहरु छन् । उनीहरुप्रति तपाईं कस्तो व्यवहार गर्नुहुन्छ ? शालिन, शिष्ट, सहयोगी ।

होइन, यस्तो हुनसक्छ कि उनीहरुमाथि तपाईं हावी हुने प्रयास गर्नुहुन्छ । आफुभन्दा जुनियर महिला सहकर्मीलाई तपाईं आफ्नो वशमा राख्न चाहनुहुन्छ वा उनीहरुलाई होच्याउनु हुन्छ । ति महिला सहकर्मीभन्दा आफु अब्बल, सिनियर भएको दम्भ पो पाल्नुहुन्छ कि ?

सोचौं, यो तपाईंको प्रवृत्तिगत समस्या हो ।

तपाईं त ठान्नुहुन्छ, ‘म उनीहरुभन्दा जान्नेबुझ्ने हुँ । उनीहरुले मलाई मान्नुपर्छ ।’ यही सोचाईले गर्दा तपाईंमा एक किसिमको दम्भ पैदा हुन्छ । र, आफुभन्दा जुनियर सहकर्मीमाथि आफ्नो रवैया प्रस्तुत गर्नुहुन्छ । यसले तपाईंको व्यवहार एवं प्रवृत्ति उदांगो बनाइदिन्छ ।

क्विन बि सिन्ड्रोम

सन् १९७३ मा तीन शोधकर्ता जी. एल स्टेन्स, टींई जयरत्ने र सी. ट्रेविसले ‘क्विन बी सिन्ड्रोम’ लाई महिलाको प्रवृत्तिगत समस्या भनेर बताएका थिए । उनीहरुका अनुसार यस स्थितिमा मिलाहरु आफ्नो शक्तिको नशामा चुर भएर आफ्ना जुनियरसँग गलत व्यवहार गर्न थाल्छन् । खासगरी महिला सहकर्मीमाझ ।

यस थ्योरीमा अगाडि भनिएको छ, ‘सीनियर पोजिनमा रहेर काम गर्ने महिलाहरु केवल आफ्ना जुनियर महिला सहकर्मीलाई असहयोग मात्र गर्दैनन्, उनीहरुको करियरमा नराम्रो असर पुर्‍याउने चेष्टा समेत गर्छन् । यस सम्बन्धमा धेरै नै अध्ययन भएको छ । अतः यस कुरालाई लिएर दुई किसिमको राय पाइन्छ ।

कतिपय भन्छन्, क्विन बि सिन्ड्रोम महिलामा देखिन्छ । जबकि कतिपय मान्छेहरु यस कुरालाई सोझै अस्विकार गर्छन् ।

युनिभर्सिटी अफ एरिजोनामा गरिएको एक अध्ययन अनुसार अफिसमा महिलाले पुरुषको तुलनामा आफुभन्दा जुनियर सहकर्मीमाथि गलत व्यवहार गर्छन् । यसैगरी जो महिला कार्यलयमा राम्रो काम गर्छन्, निपूर्ण छन् उनीहरुमाथि सिनियर महिलाले इर्ष्या गर्ने गर्छन् ।

हेपाह व्यवहार

अक्सर हामी महिला अधिकारको कुरा गरिरहँदा पुरुष-व्यवहारमाथि चोर औंला उठाउने गर्छौं । पुरुषकै कारण महिलाले थिचोमिचो झेलिरहेका छन् भन्ने आम बुझाई छ । महिला अधिकारकर्मीहरु महिलामाथि हुने हिंसा, अत्याचार एवं हेपाईमा पुरुष नै कारण भएको औंल्याइरहेका हुन्छन् । तर, महिलामाथि महिलाबाटै पनि अत्याचार हुन्छ । खासगरी कार्यथलोमा । एक महिला कर्मचारीले आफुभन्दा कमजोर महिलालाई हेलाहोचो गर्छन् । यस किसिमको प्रवृत्तिलाई ‘क्विन बी सिन्ड्रोम’ भनिन्छ ।

यसको असर

यसरी आफुभन्दा सिनियर महिला कर्मचारीबाट हेलाहोचो हुने, असहयोग हुने, गतल व्यवहार हुने भएकाले कतिपय महिलाहरु कार्यलयमा काम गर्न जाँगर देखाउँदैनन् । उनीहरु आफुभन्दा सिनियर महिलाकै डरले कार्यलय पनि छाड्ने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment