+

रियल मड्रिडलाई पीएसजीले हरायो, डी मारियाको दुई गोल

२०७६ असोज  २ गते ७:१९ २०७६ असोज २ गते ७:१९
रियल मड्रिडलाई पीएसजीले हरायो, डी मारियाको दुई गोल

२ असोज, काठमाडौं । च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई सहज रुपमा पराजित गरेको छ ।

बुधबार राति समूह ‘ए’ मा भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । पीएसजीमाथि रियलको केही चलेन ।

पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गर्दा थोमस म्यानियरले एक गोल थपे ।

खेलको १४औं र ३३औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई २-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफसम्म २-० गोलअन्तरले अघि रहेको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको अतिरिक्त समयमा थोमस म्यानियरले गोल गर्दै पीएसजीलाई ३-० गोलको जित दिलाए ।

यही समूहमा बुधबार राति नै भएको अर्को खेलमा क्लब बर्ग र गलतसारयले गोलरहित बराबरी खेलेका छन् ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय