+

युभेन्टस र एथ्लेटिको मड्रिड बराबरीमा रोकिए

२०७६ असोज  २ गते ७:०९ २०७६ असोज २ गते ७:०९
युभेन्टस र एथ्लेटिको मड्रिड बराबरीमा रोकिए

२ असोज, काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति समूह ‘डी’ मा भएको खेलमा घरेलु टोली एथ्लेटिको मडि्रड र युभेन्टसले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसले आफ्नो २-० गोलको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुवै टिमले २-२ गोल फर्काउन सफल हुँदै अंक बाँडेको हो । खेलको ४८ औं मिनेटमा जुहान कउड्राडोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा ब्लाइस माटुइदीले गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाए ।

तर खेलको ७०औं मिनेटमा स्टेफन सविक र खेलको ९०औं मिनेटमा हेक्टर हेरेराले गोल गर्दै एथ्लेटिको मडि्रडलाई २-२ गोलको बराबरी दिलाएका हुन् ।

त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा लिभरकुसेन लोकोमोटिभ मोस्कभासँग २-१ गोलअन्तरले पराजित भएका छ ।

 

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय