Comments Add Comment

कर्मचारीले औपचारिकता पूरा गरे, मन्त्रीले विरोध जनाए

२ असोज, सप्तरी । सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोकमा प्रायः कुनै न कुनै कार्यक्रम भइरहन्छ ।

कुनै विषयको समर्थन, विरोध मात्र होइन, सामाजिक संघ संस्थाका अभियानात्मक कार्यक्रमहरु पनि यहीँ हुने गर्छन् । बिहीबार भने अन्य दिनको भन्दा बेग्लै दृश्य देखियो ।

संविधान दिवसको अवसर पारेर कर्मचारीहरुले औपचारिक कार्यक्रम आयोजना गरेका छन् भने प्रदेश सरकारका मन्त्रीसहित जनप्रतिनिधिले विरोध कार्यक्रम गरेका छन् ।

संविधान दिवसको अवसर पारेर प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँसहित नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीले गजेन्द्रचोकसहित नगरको मुख्य भागहरुमा सरसफाइ गरेका छन् ।

त्यहीँ प्रदेश २ को सत्तासिन पार्टीका नेता/कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन् । कालो झण्डसहित भएको प्रदर्शनमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह, राजपाबाट निर्वाचित जनप्रतिनिधिहरु पनि सहभागी थिए ।

संविधान दिवसका दिन विरोध र्‍याली निकाल्ने र राति ब्ल्याक आउट गर्ने निर्णय राजपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment