+
+

प्रदेश सरकारले किनेका प्रहरीका ९ वटा गाडी चौरीमा थन्किए

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १२:३३

२ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीका लागि खरिद गरेको ९ वटा पिकअप गाडी वितरण हुन सकेको छैन ।

पर्याप्त गाडी नहुँदा र भएका गाडीसमेत थोत्रा भएका कारण प्रहरीलाई नियमित कामकाजमा समस्या भइरहेको बेला प्रदेश सरकारले किनेका गाडी भने बेकामे भएका छन् ।

प्रदेश सरकारले ९ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयको लागि गत आर्थिक वर्ष विनियोजन भएको बजेटले गाडी खरिद् गरेको थियो ।

दुई महिना अगाडि नै गाडी खरिद् भए पनि प्रदेश प्रहरी गठन सम्बन्धी कानून नबनेका कारण गाडी वितरणमा समस्या आएको हो ।

अहिले खरिद गरिएका गाडीहरु आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा थन्क्याइएको छ । गाडीमा खिया लाग्न र घाँस उमि्रन नदिनका लागि गाडी कहिले एउटा कुनामा त कहिले अर्को कुनामा राख्ने गरिएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार माथिको निर्देशन बेलाबेलामा गाडी एताउता सार्ने गरिएको छ ।

कानून बन्न समय लाग्ने भएपछि गाडी वितरणका लागि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको मन्त्रालयले बताएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय नआउन्जेल गाडी वितरण प्रकृयामा समस्या आएको हो । निर्णय आए लगत्तै जिल्लाका प्रहरी प्रमुखलाई धनगढी बोलाएर गाडी हस्तान्तरण गरिने मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए ।

उनले प्रदेश प्रहरी गठन भएपछि गाडी बाँड्ने भनेर गत वर्षको बजेटमा कार्यक्रम स्वीकृत गरेर गाडी खरिद गरिएको भए पनि प्रहरी विधेयक नै नबनेका कारण गाडी खरिद गरेर पनि वितरणमा समस्या आएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिद्का लागि प्रतिगाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

गाडी खरिद् गर्दा प्रतिगाडी ३६ लाख ९९ हजारका दरले खर्च भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत नारायणदत्त मिश्रले जानकारी दिए ।

९ वटा गाडी खरिदमा तीन करोड ३२ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?