+
+
Shares

व्यापारीहरुबीच मूल्य घटाउने प्रतिस्पर्धा चलिरहेको छ : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १६:४६

२ असोज, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सहुलियत मूल्य पसलले बजारको महंगी नियन्त्रण गरेकोे दाबी गरेका छन् । अघिल्लो वर्षभन्दा छिटो गरी यस्ता पसल सञ्चालनमा ल्याईएकाले निजी क्षेत्रबाट सञ्चालित पसलहरुमा मूल्य घटाउन प्रतिस्पर्धा चलेको उनले दावी गरे ।

‘बजारमा प्रतिकिलो ८० रुपैयाँसम्म पुगेको चिनीको मूल्य सरकारले ७२ रुपैयाँमा झार्ने बितिक्कै व्यापारीहरुले पनि घटाउन सुरु गरेका छन्,’ यादवले सिंहदरबारमा सञ्चारकर्मीहरुसँग भने, ‘सरकारले सञ्चालन गरेको पसलभन्दा निजि क्षेत्रका पसलहरुमा छुट धेरै दिइएको समाचारले मलाई खुसी बनाएको छ ।’

सरकारले बजारमा न्यूनतम मूल्य निर्धारण गरिदिने भन्दै मन्त्री यादवले सरकार आफैले भने ब्यापार नगर्ने बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई लागेको छ कि ग्राहक तान्न सरकारको सहुलियत पसलमा भन्दा धेरै छुट घोषणा गरौं, हामी भन्छौ सके जतिको छुट घोषणा गरिदिनुस् ताकि जनताले भनुन् यस वर्ष महँगीको अनुभव गर्न पाइएन ।’

सरकारले यति छिटो सहुलियत पसल सञ्चालन नगरेको भए बजार अनियन्त्रित हुने भन्दै उनले केही व्यापारीले एउटा कुरामा छुट दिएर अर्कोमा धेरै मुनाफा लिईरहेको हुनसक्नेतर्फ सचेत रहन सर्वसाधरणलाई आग्रह गरे । मूख्य चाडपर्वमा आपूर्ति व्यवस्था सहज गर्न मन्त्रालयले स्थानीय र प्रदेश सरकारहरुसँग समन्वय गरेर काम गरिरहेको उनले जानकारी दिए । चाडपर्वलाई लक्षित गदै दैनिक उपभोग्य वस्तुमा थप सहुलियतको घोषणा गर्न मन्त्रालय जुटिरहेको पनि मन्त्री यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?