+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अराजक तत्वहरूले व्यवस्था उल्ट्याउन लागे, सबै मिलेर प्रतिवाद गरौं : प्रचण्ड

‘मौलिक समाजवाद स्थापना गर्नु अहिलेको अभिभारा’

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३ गते ८:४६

३ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि (व्यवस्था) उल्ट्याउन केही अराजक तत्वहरू लागिपरेको आरोप लगाएका छन् । उनले त्यस्ता तत्वहरूले भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन जनतालाई आह्वानसमेत गरेका छन् ।

केही समययता परिर्वतनविरोधी सल्बलाएको भन्दै त्यसविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रचण्डले संविधान दिवसको शुभकामनामा पनि परिवर्तन विरोधी सल्बलाएको भन्दै सतर्क रहनुपर्ने आवश्यकतामा जोड दिएका छन् । तर, उनले त्यस्ता परिवर्तन विरोधी तत्व को–को हुन् भनेर नाम भने उल्लेख गरेका छैनन् ।

‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्’, संविधान दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गर्दछु ।’

संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी प्रचण्डले गरेका छन् । यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको प्रचण्डको भनाइ छ ।

संविधानले समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेकाले नयाँ विचारको विकास गरी नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु पर्ने मत प्रचण्डको छ ।

प्रचण्डले सन्देशमा नेपाली आमाबावुका सर्वोत्तम छोराछोरीको त्याग र बलिदानले देशमा राजनीतिक परिवर्तन भएको स्मरण गर्दै सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?