+
+
Shares

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते ११:५२

३१ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।

गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको हो ।

‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भने ।

उनले दिएको अभिव्यक्ति हटाउन हिजो बसेको बैठकमा एमाले सांसद ऐन महरले हटाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?