+
+
Shares

अब ह्वाट्सएप स्टाटस फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ४ गते १५:१९

इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ फिचर ल्याएको छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्नेछन् ।

यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको छ । यसको सहयोगमा अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ र अलग-अलग पोष्ट गर्नु पर्दैन ।

ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समयमा नयाँ-नयाँ फिचरहरु ल्याइरहेको छ । यसअघि पनि ह्वाट्सएपले स्टाटससँग सम्बन्धित एक फिचर लञ्च गरेको थियो । पछिल्लो बिटा अपडेटमा ह्वाट्सएपले स्टाटस लुकाउन मिल्ने फिचर राखेको छ । जुन केही प्रयोगकर्ताका लागि परीक्षणको रुपमा रिलिज गरिएको छ ।

हाइड म्युटेड स्टाटस फिचरको मद्दतले प्रयोगकर्ताले ह्वाट्सएपको स्टाटस सेक्सनबाट म्यूट गरिएका सबै स्टाटस अपडेटहरु हाइड गर्न पाउनेछन् जसलाई प्रयोगकर्ताले देख्ने छैनन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?