Comments Add Comment

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख विमानस्थललाई दिने तयारी

४ असोज, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार यो विमानस्थल जिटुजी मोडलबाट संचालनको निर्णय अनुसार म्युनिखले ठोस प्रस्ताव ल्याएको छ ।
उक्त प्रस्तावको निकै नजिक रहेर छलफल भइरहेको र छिट्टै निश्कर्षमा पुगिने उनको भनाइ छ । यो विमानस्थल आगामी डिसेम्बरसम्म निर्माण सकिने र त्यसपछि संचालनको प्रक्रिया थालिने उनले जानकारी दिए ।

शनिबार संचारकर्मीहरुसँगको अनौपचारिक छलफलमा मन्त्री भट्टराईले यो जानकारी दिएका हुन् । भैरहवा विमानस्थलमा उडानका लागि वायुसेवा कम्पनीलाई आकषिर्त गर्न छिट्टै प्याकेज समेत सार्वजनिक गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment