+
+
Shares

नेकपा सांसदलाई प्रधानमन्त्रीको निर्देशनः सरकारका राम्रा कामबारे जनतालाई बताउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ४ गते १६:१६

४ असोज, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।

सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरेको उनले बताए । शनिबार बसेको संसदीय दलको बैठकमा उनले भने, ‘कतिपयले भ्रम छर्ने प्रयास गरेका छन्,  तपाईहरुले जनतालाई सरकारको गरेका राम्रा कामहरुबारे बताउनुस् ।’

उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पार्टीको आन्तरिक एकतामा जोड दिएको सांसद अमनलाल मोदीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?