Comments Add Comment

‘काममा प्रश्न उठ्यो भने छाड्नु उपयुक्त हुन्छ’

काठमाडौं । रियल मड्रिडको सिजनको सुरुवाती प्रदर्शनको आलोचना भएको छ, तर जिनेदान जिदानले भने क्लबमा आफ्नो कामबारे कुनै बहस नभएको बताएका छन् ।

साथै उनले प्रष्ट भनेका छन्, यदि क्लबका अधिकारीहरुले उनको कामबारे प्रश्न गरे पद छाड्नेछन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा रियल मड्रिडका प्रशिक्षक जिदानले भनेका छन्, ‘हामी सधैं कठिनाइमा हुन्छौं । यतिसम्म कि जितिरहेको बेलामा पनि ।’

यद्यपि क्लब बाहिर भनिएको कुराको अर्थ नभएको उनले बताए । जिदानले भने, ‘मैले प्रश्न गरेको महसुस गरेको छैन । यदि महसुस भएको भए छाड्नु उपयुक्त हुन्छ ।’

रियलले आइतबार सेभियासँग खेल्नेछ । यो खेलले टिमको मनोबल बढाउने उनको दाबी छ ।

तर अहिले पनि खेलाडीहरुको प्रदर्शन उनीहरुको स्तरभन्दा तल नभएको दाबी गरे ।

रियलले च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ३-० को हार व्यहारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment