Comments Add Comment

दुई दिनमै ३ करोड माथि ‘कबड्डी कबड्डी कबड्डी’को व्यापार

लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ । चलचित्र ‘जात्रै जात्रा’ चलेपछि सुस्ताएको चलचित्र बजारलाई अर्को एक हिट सिरिजले फेरि चलायमान बनाइदिएको छ । जेठको ३ गते चलेको ‘जात्रै जात्रा’पछि असोजको ३ गते रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसलाई चलायमान बनाएको हो । चलचित्रको इनिसियल व्यापार बम्पर हो ।

चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । शनिबार शुक्रबारको तुलानामा मल्टिप्लेक्समा शो बढेसँगै चलचित्रको व्यापार पनि केही बढ्यो । शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ । योसँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।

योसँगै चलचित्रले २ दिनमै ३ करोड माथिको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले २ दिनमै लगानी सुरक्षित गरेको दाबी निर्माणपक्षले गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले मिश्रित समिक्षा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment