Comments Add Comment

म्याग्दीमा बन्ने भयो १०८ फिट अग्लो हनुमान मूर्ति

५ असोज,बेनी । म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरमा एक सय आठ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुने भएका छ । रत्नेचौरमा आयोजित विश्व शान्ति राष्ट्र कल्याण एबम् पितृमुक्ति श्रीमद भागवत महापुराण ज्ञान महायज्ञका अवसरमा सो घोषणा गरिएको हो ।

कार्यक्रममा समाजसेवी रामबहादुर गौतमले उक्त हनुमान मूर्ति निर्माणको शिलान्यास गरी तत्कालै निर्माण सम्पन्न हुने जानकारी दिए । महायज्ञमा समत सघाएका गौतमलाई सो अवसरमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा अनन्तश्री विभुषित त्रिखण्डी पराङकुशाचायं स्वामी र हिमालय बाबाले हनुमान मूर्ति निर्माणको अनुष्ठान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment