Comments Add Comment

म्यान युनाइटेडमाथि वेष्टहामको जित

काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा वेष्टहामले म्यानचेष्टर युनाइटेडमाथि जित हात पारेको छ ।

आइतबार भएको खेलमा वेष्टहामले युनाइटेडलाई २-० ले हराएको हो, जसले मार्कस रासफोर्डलाई चोटका कारण दोस्रो हाफमा गुमाएको थियो ।

घरेलु मैदानमा भएको खेलमा वेष्टहामले पहिलो हाफको अन्तिमतिर एन्ड्री यामोलोन्कोको गोलबाट अग्रता लिएको थियो । खेलको ८६ औं मिनेटमा उत्कृष्ट फि्र किक गोल गर्दै आरोन क्रसवेलले घरेलु टोलीको ३ अंक पक्का गरे ।

युरोपा लिगमा अस्टानामाथि १-० को जित निकाल्दा ९ खेलाडी परिर्वतन गरेका युनाइटेडका प्रशिक्षकले लिगमा भने लिसेस्टरलाई हराएको टोली नै उतारे ।

तर जित हात पार्न सकेन । बरु ६१ औंं मिनेटमा रासफोर्ड घाइते भएर मैदान छाड्नु पर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment