Comments Add Comment

पीएसजीको जितमा नेयमारको निर्णायक गोल

६ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको फाइदा उठाउँदै पीएसजीका लागि नेयमारले गोल गर्न सफल भए । उनकै गोलमा पीएसजीले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो ।

लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment