Comments Add Comment

सिन्धुपाल्चोकमा सेनाले बनाएका घर अलपत्र

६ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा नेपाली सेनाले भुकम्पपछि तत्काल बस्नका लागि बनाएको सामुहिक आवास प्रयोगविहीन भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं २, ३ र ४ मा पर्ने थकनी, हैबुङ र भोटेचौरमा बनाइएका संरचनाहरु प्रयोगविहीन भई जीर्ण अवस्थामा पुगेका छन् ।

वृद्धवृद्धा, अशक्त र अपाङ्गहरुलाई भूकम्पपछि बस्नका लागि सार्वजनिक जग्गामा बनाइएका १२ कोठाका घरहरु गाउँबाट अपायक ठाउँमा रहेकाले कोही पनि बस्न नजाने पुननिर्माणमा खटिएका सब इञ्जिनियर धनीझर चौधरीले बताए ।

यी सामुहिक भवनमा गाउँलेहरु नबस्ने भएपछि हाल बाहिरी जिल्लाबाट घर बनाउन आएका डकर्मीहरु बस्ने गरेका छन् । अशक्तहरु भने भुकम्पले भत्काएको आफ्नै टहरामा बसिरहेका छन् ।

सेनाले आपतकालीन अवस्थामा बस्नका लागि बनाएको एउटा भवनमा हाल सिन्धु शिवपुरी उपभोक्ता समितिको कार्यलय राखिएको भोटेचौरका वडासदस्य मीनप्रसाद खतिवडाले बताए । भवन भएको स्थानमा पहिरोको जोखिम देखिएको उनले बताए ।

नेपाली सेनाले ०७३ भदौमा नीलो जस्ता प्रयोग गरेर यी आवास भवनहरु बनाएको थिए । भवनभित्र धारा, सोलार बत्ति एवं प्रत्येक कोठामा चुल्होेलगायतका सुविधा छन् ।

भवन वेवारिसे भन्दै गएपछि स्थानीय युवाले सरंक्षणको पहल थालेका छन् ।

०७२ को भुकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएका १४ जिल्लामध्ये सिन्धुपालचोक पनि एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment